राजदूतावासले प्रमाणीकरण नगरेसम्म वैदेशिक रोजगारीमा जान नपाइने

53

मालती ओली
काठमाडौं, वैशाख २४ । वैदेशिक रोजगारीमा जानेको हकमा अबदेखि कामको प्रमाणीकरण गन्तव्य मुलुकका राजदूतावासबाट मात्र हुने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

 

 

यसअघि यस्तो काम नोटरी पब्लिकले गर्दै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रयासमा प्रमाणीकरणको काम दूतावासलाई दिने निर्णय भएको हो । कालोसूची, नक्कली र कमसल रोजगारदाताबाट आउने मागलाई रोक्न मन्त्रालयले त्यस्तो प्रक्रिया अघि बढाएको थियो । दूतावासले कामको मागलाई प्रमाणीकरण गर्दा राम्रा कम्पनी भन्दै झुक्याउने गिरोहलाई नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ ।

Womui
Womui