कांग्रेस कोरिया प्रवासको अध्यक्षमा आस्था विन्दु

168

छिनछिन खबर
काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति कोरिया अध्यक्षमा आस्था विन्दु मल्ल चयन भएकी छन् । कोरियाको राजधानी सिओलमा सम्पन्न समितिको ५ औं अधिवेसनमा मल्लले प्रतिद्वन्द्वी भजिन्द्र क्षेत्रीलाई ३७ मतले पराजित गरिन् ।

समितिको उपसभापतिमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुवास योगी चयन भएका छन् । महामन्त्रीमा कुमार थापा र गणेश तिमल्सिना, सहमहामन्त्रीमा मित्रबन्धु काफ्ले र रामप्रसाद उप्रेती, कोषाध्यक्षमा केपी चौलागाईं निर्वा्चित भए ।

Womui
Womui