७९ प्रहरी उपरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)

116

छिनछिन खबर
काठमाडौं, वैशाख २३ । नेपाल प्रहरीले ७९ जना प्रहरी उपरीक्षक (एसपी) आइतबार को सरुवा गरेको छ । कास्कीका प्रहरी प्रमुख अशोक सिंह महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा ल्याइएका छन् । त्यहाँ महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा कार्यरत ओमबहादुर राना सरुवा भएका छन् ।


दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । अर्जुन चन्द ठकुरी प्रहरी प्रधान कार्यालयको युएन जगेडा शाखामा सरुवा भएका छन् । त्यस्तै भोजजंग शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा, विनोद घिमिरे कैलालीमा र सिद्धिविक्रम शाह तनहुँ पुगेका छन् ।

पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मी महानगरीय प्रहरी पहरा गण सामाखुशी सरुवा भएका छन् । त्यहाँ ट्राफिक प्रहरी महाशाखाका एसपी रेवती ढकाललाई पठाइएको छ ।

हेर्नुस् सरुवाको सूची

https://drive.google.com/open?id=1Nz9Q42vJsmGmY2OP4rGjUCD6CSltVPe0

Womui
Womui