साउनदेखि श्रमिकको पारिश्रमिक वृद्धि हुने, तलब सीधै बैंक खातामा

45

छिनछिन खबर
काठमाडौं, वैशाख २३ । आउँदो साउन महिनादेखि हाल श्रमिकले पाउँदै आएको पारश्रमिकमा वृद्धि हुने भएको छ । सरकारी तथ्यांकमा प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदै गए पनि श्रमिकले पाउने पारिश्रमिक भने निकै न्यून छ । जुन पारिश्रमिक तीन वर्ष अघि निर्धारण गरिएको हो ।

मजदुरको पारिश्रमिक वृद्धिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पहल थालिएको बताएका छन् । उनले छिनछिन खबरसँग कुरा गर्दै आउँदो साउन १ गतेदेखि श्रमिकको पारिश्रमिक न्यायोचित तरिकाले वृिद्ध हुने बताए । हाल श्रमिकले पाउँदै आएको पारिश्रमिक निकै न्यून हुँदा गुजारा गर्न कठीन हुँदै आएको छ । यतिखेर सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक ९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

यसैबीच सरकारी कर्मचारीको भने पटकपटक पारिश्रमिक वृद्धि भइसकेको छ । मन्त्री विष्टले साउन १ गतेदेखि मजदुरको पारिश्रमिक वृद्धिसँगै उनीहरूको तलव बैंकमार्फत भुक्तानि गर्ने व्यवस्था मिलाइने समेत बताए । हाल हरेक वर्ष करिब पाँच लाख युवायुवती श्रम बजारमा प्रवेश गर्छन् भने जसमध्ये ५० हजार जतिले मात्र स्वदेशमा रोजगारी पाउँछन् । स्वदेशमा रोजगारी गर्न नचाहनेको संख्या वृद्धि हनुको कारण न्यून पारिश्रमिक समेत भएको बताइन्छ ।

Womui
Womui