साउदीमा नेपालीलाई मृत्युदण्ड दिने फैसला

57

छिनछिन खबर
काठमाडौं, वैशाख २२ । ११ वर्षदेखि साउदी जेलमा रहेका धनुषा, कमला नगरपालिका माची झिट्कैयाँ–४ का उमेश यादवलाई त्यहाँको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मृत्युदण्डको सजाय पाएका उमेशलाई बचाउन पीडित परिवारले याचना गरेका छन् ।

रोजगारीका लागि साउदी गएका यादव सन् २००७ मा पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरसँगको विवाद भएको थियो । सोही विवादको क्रममा बसिरको मृत्यु भएको थियो । उमेशका आफन्त सरोज रायले सहयोगका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

साउदीको हकमा कुनै मानिसले मृत्युदण्ड सजाय पाएको अवस्थामा त्यहाँको कानुन अनुसार अल्लाहको नाममा र ब्लडमनी बुझाएर माफी प्रचलन छ । उमेशलाई बचाउन ब्लडमनी जुटाउन सबैसँग आग्रह गरेको छ । रायका अनुसार सन् २०१८, अप्रिल १५ मा उमेशलाई मृत्युदण्ड सुनाइएको हो ।

Womui
Womui