एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा, कार्यसमितिमा उनकै प्यानलको बर्चस्व

55

छिनछिन खबर
काठमाडौं, वैशाख २२ । अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार काठमाडौंमा सम्पन्न साधारणसभाले कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शेर्पाले ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी मणि कुँवरले १२ मत प्राप्त गरे । ७७ मतदाता रहेकोमा एक जना अनुपस्थित रहे भने एक मत बदर भयो । ४ उपाध्यक्षमा पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्णबहादुर थापा र उपेन्द्रमान सिंह निर्वाचित भए । उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको थियो ।

११ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सबै शेर्पा प्यानलबाटै विजयी भएका छन् । विजयी हुनेहरुमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रमान श्रेष्ठ, मधुसूदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यन्जनकार, दीर्घबहादुर केसी कुमार, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ छन् । महिला सदस्यमा भने यस अघि नै पेमा लामा निर्विरोध भएकी थिइन् ।

समितिको महासचिव र कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था छ ।

Womui
Womui