हडताल नगर्ने सर्तमा छुट्न थाले यातायात व्यवसायी

125

छिनछिन खबर
काठमाडौं, वैशाख २२ । सिन्डिकेटको पक्षमा आन्दोलन गर्दा पक्राउ परेका केही व्यवसायी छुटेका छन् । उनीहरूले अबदेखि आन्दोलन नगर्ने लिखित कागज गरेका कारण छोडिएको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

सरकारले ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग गर्दै उनीहरूले सार्वजनिक यातायात हडताल गरेका थिए । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले केन्द्रीय उपाध्यक्ष, कृष्ण सुवेदी, महासचिव सरोज सिटौलासहित ७३ जना पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये केही कागज गरेर छुटेका छन् । कागज नगर्नेहरुलाई मुद्दा चलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

Womui
Womui