अमेरिकाको हवाईमा ४३ वर्षयताकै शक्तिशाली भूकम्प, १५ सयलाई अन्यत्र सारियो

48

हवाई, वैशाख २२ (एजेन्सी) । अमेरिकाको हवाई प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । ६ दशमलब ९ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण सडक र केही घरमा क्षति पुगेको छ।

हवाईको बिगल्यान्डस्थित किलाउइया केन्द्रबिन्दु रहेको भूकम्प ४३ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग)ले जनाएको छ । यसअघि सन् १९७५ मा सोहीस्थानलाई केन्द्रबिन्दु बनाएर ७ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो।

बस्ती, सडक तथा जंगललगायतका क्षेत्रमा जमिन चिरिएर लाभा तथा सल्फरडाइअक्साइड ग्यास बाहिर निस्किएको थियो । ज्वालामुखीका कारण मात्र २ वटा घर क्षतिग्रस्त भएको स्थानीय प्रहरीले जनाएको छ ।

ग्यास तथा लाभाबाट असुरक्षित हुने भन्दै स्थानीय प्रशासनले सो स्थानबाट करिब १५ सय स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । बस्तीभित्रै जमिन चिरिएर निस्किएको सल्फरडाइअक्साइड ग्यासका कारण छट्पटी महसुस हुने, घाँटी खसखस हुने, रुघा लाग्ने, आँखा पोल्ने, श्वास लिन गाह्रो हुने तथा कफ निस्कनेजस्ता समस्या देखिने हुँदा स्थानीयलाई सो क्षेत्रबाट अन्यत्र सारिएको हो ।

Womui
Womui