सरकारका अगाडि टिक्न सकेनन् सिन्डिकेट पक्षधर यातायात व्यवसायी, बन्द फिर्ता

58

छिनछिन खबर
काठमाडौं, वैशाख २२ । सिन्डिकेट विरुद्ध सरकार आक्रामक भएपछि सिन्डिकेट पक्षधर व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । विगतमा आफू अनुकूल निर्णय गराउँदै आएका व्यवसायी यसपटक भने सरकारसमक्ष घुँडा टेक्न बाध्य भएका हुन् ।

बन्दमा सहभागी हुने सवारी साधानको सरकारले दर्ता खारेज गर्न थालेपछि व्यवसायीले बन्द फिर्ता लिएको घोषणा गरेका हुन् । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिवारदेखि नै देशभरको यातायात सुचारु गर्न आह्वान गरेका छन् ।


‘यातायात बन्दबाट प्रभावित भएका सर्वसाधरणसँग हामी क्षमायाचना गर्छौँ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा पक्राउ परेका हाम्रा महासचिव पुण्यप्रसाद सिटौला (सरोज), कोषाध्यक्ष डम्बर पन्तसहितका पदाधिकारी, व्यवसायी, मजदुर र कर्मचारीलाई विनाशर्त रिहा गर्न पनि माग गर्दछौँ ।’

Womui
Womui