गुडिरहेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार, विप्लव माओवादीका दुई कार्यकर्ता पक्राउ

130

छिनछिन खबर
दाङ, वैशाख २२ । काठमाडौंबाट दाङ फर्कदै गरेको यात्रुबाहक बसमा शनिबार बिहान पेट्रोल बम प्रहार भएको छ ।

 

अज्ञात समूहले कपिलबस्तुको बन्गैं भन्ने स्थानमा पेट्रोल बम प्रहार गरेको थियो । रा ६ ख ३९७० नम्वरको बसमा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट कसैलाई क्षति भने भएको छैन । बम प्रहारपछि प्रहरीले स्कटिङ गरेर त्यो बसलाई दाङ ल्याउँदै गरेको छ ।

 

पेट्रोल बम कसले प्रहार गरेको हो भन्नेबारे एकिन नभए पनि विप्लव माओवादीका कार्यकर्ताको संलग्नता रहेको आंशका गरिएको छ । वम प्रहारमा सामेल भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको जनाएको छ ।

Womui
Womui