नेपालगन्जमा सरसफाई र डस्टविन वितरण

113

नेपालगन्ज, वैशाख २०-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा सरसफाई गरिनुका साथै सडक पेटीमा डस्टविन राखिएको छ । उपमहानगरपालिकाको वडा नम्बर ४ वडा समितिको कार्यालयले केश संस्थासँगको सहकार्यमा बिहीबार घोसीटोलदेखि सल्यानीबंगलास्थित टिबी अस्पताल सम्मको सडक किनारमा सरसफाई गरेको हो । वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले घोसी टोलमा झाडु लगाएर सरसफाई शुभारम्भ गरे ।

उनले फोहर व्यवस्थापनका लागि स्वयं स्थानीय जागरुक हुनुपर्ने आवश्यक्ता औल्याए । साथै केशद्धारा प्रदानित ६ वटा डस्टविन पनि सडकमा राखिएको छ । अब स्थानीय बासिन्दाले डस्टविनमा फोहर राख्न सक्नेछन् । केश संस्था अध्यक्ष बालिकादेवी रावतले सरसफाईका लागि सबैको सामुहिक साथ चाहिएको भन्दै फोहर डस्टविनमा राखिदिन अपिल गरे । यस्तै उपमहानगरपालिकाका सरसफाई तथा वातावरण इन्जिनियर प्रकाश डिसीले सरसफाईका लागि स्थानीय युवा, विभिन्न क्लवको सहकार्य जरुरी रहेको भन्दै फोहर व्यवस्थापनमा जोड दिए ।

Womui
Womui