राजस्थानमा विनासकारी हावाहुरी, २४ को मृत्यु

53

राजस्थान वैशाख २० (एजेन्सी) । तीव्र गतिको तूफानले गर्दा राजस्थानका विभिन्न भागमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । हावाहुरीमा परी १०० घाइते भएका छन् । भरतपुर, अलवर र ढोलपुर जिल्लामा धेरै विनास भएको छ । यस तूफानले सयांै रुखलाई जरैदेखि फाल्नुका साथै बिजुलीका खम्बालाई ढलाएको छ ।

प्रारम्भिक रिपोर्टका अनुसार, भरतपुरमा १२, अलवरमा ४, धोलपुरमा ६ र झुनझुनु र बीकानेरमा एकएक जनाको मृत्यु भएको छ ।
यस तूफानले सबैभन्दा बढी क्षति अलवरमा गरेको छ । यहाँ बिजुलीका तार चुडिएर १०० भन्दा बढी रुखहरु ढलेर गाडी माथि खसेकाले क्षति धेरै भएको हो । थप क्षति रोक्नको लागि बिजुली वितरण कम्पनीले विद्युत सेवा बन्द गरेको छ ।

‘तूफानमा १०० भन्दा बढी बिजुलीका पोल भत्किए, बत्ती नहुँदा शहर अन्धकारमय भएको छ । विद्युत आपूर्तिे गर्न कम्तीमा दुई दिन लाग्नेछ,’ अलवर पावर वितरण कम्पनीका कार्यकारी इन्जिनियर डीपी सिंहले भने ।

Womui
Womui