सुन तस्करीमा झापादेखि बर्दियासम्मको बलियो गिरोह, यी हुन् सुन तस्करीमा मुछिएका

264

छिनछिन खबर
काठमाडौं, वैशाख २० । ३३ किलो सुनतस्करीमा उच्च पदमा रहेका सामेल रहेको आंशका गरिएको बेला सोही गिरोहमा देशका विभिन्न भागमा बस्ने व्यक्तिको समेत सहभागिता रहेको पाइएको छ । गिरोहमा झापादेखि बर्दिया बस्ने व्यक्तिको सहभागिता पाइएको छ ।

उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा सुन तस्करीका नाइके भनिएका उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ । उनी भने फरार छन् ।गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुले १७ अर्ब १ करोड रुपैयाँ बढी रकमको बीगो दाबी गरिएको छ ।

यी हुन् सुन तस्करी र हत्या प्रकरणमा मुछिएका व्यक्ति

१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे) ।

२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।

३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।

४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।

५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।

६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।

७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।

८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।

९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।

१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।

११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की

१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।

१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।

१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।

१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।

१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।

१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा. डेबिट भनिने छिरिङ वाङगेल घले ।

१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।

१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।

२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।

२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।

२२. भारतको पश्चिम बंगाल दार्जि्लिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।

२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।

२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।

२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।

२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।

२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।

२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।

२९. काठमाडौं–८ का चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ ।

३०. ललिपुर–१४ का सम्बिरप्रसाद तोलाङ्गे ।

३१. काठमाडौं–९ का ४५ वर्षीय बालकृष्ण श्रेष्ठ ।

३२. भक्तपुरको सूर्य्विनायक–९, खत्रीगाउँका दोराम खत्री ।

३३. काठमाडौंको नागार्जुन–६ का कपिलराज पुरी ।

३४. काठमाडौं–८ का गोपालकुमार श्रेष्ठ ।

३५. ललितपुरको कन्ज्योसोम–३ का ३० वाषर््ीय तक्ले भनिने पुन्यप्रसाद लामा तामाङ ।

३६. काठमाडौं चन्द्रागिरी–१३ का हेमन्त गौतम ।

३७. काठमाडौं–१८ का राजु महर्जन ।

३८. बागलुङको साविक रेसा–४, अरिन्पटा हाल काठेखोला–७ का कमल कार्की ।

३९. काठमाडौं–१६, खरिबोटका मणिराज चौलागाईँ ।

४०. सिन्धुपाल्चोको जलजले बस्ने शिवकुमार गुभाजु ।

४१. सुनसरीको धरान–१ का घर भइ हाल काठमाडौं–३१, शान्तिनगरका वैभवन लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि., न्यूरोडका सञ्चालक ५० वर्षीय सुनिल श्रेष्ठ ।

४२. भोजपुर, दिङ्ला घर भइ काठमाडौंको कगेश्वरी मनोहरा–३, गगननगरकी आरबी भनिने रक्षा भण्डारी ।

४३. मोरङको साविक गोविन्दपुर–८ घर भइ हाल काठमाडौं बस्दै आएका अर्जुनप्रसाद खरेल ।

४४. पर्वतको साविक झोर्ले गाविस–१ घर भइ हाल पैयूँ–७ बस्दै आएका रोशन भुसाल भनिने गुप्तलाल भुसाल ।

४५. काभ्रेपलान्चोकको साविक चलाल गणेशस्थान–४ का रामहरि कार्की ।

४६. कास्कीको सािवक निर्मल पोखरी–८, हाल पोखराको लेखनाथ–२१ का प्रयास पराजुली

४७. सिन्धुपाल्चोकको बलेफी–५ का सञ्जय अधिकारी ।

४८. सिन्धुपाल्चोकको बलेफी–५ का समिर अधिकारी ।

४९. धनकुटा–४ घर भइ न्यूरोडमा वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेश प्रा.लि. सञ्चालन गर्दै आएकी गिता श्रेष्ठ ।

५०. झापा कमलगाउँपलिका–६ माइती भइ हाल मोरङको उर्लाबारीमा स्थायी घर र काठमाडौंको गौरीघाट बस्दै आएकी नर्वदा खरेल उप्रेती ।

५१. मोरङको कानेपोखरी–४ का माधव आचार्य ।

५२. मोरङको साविक गृगौलिया–२, हाल सुन्दरहरैचा–२ बस्ने ओमप्रकाश नेवार ।

५३. भक्तपुरको सूर्य्विनायक–८ बस्ने ५५ वर्षीय राजन थापा ।

५४. काठमाडौं–१३, ताहाचलका अमरमान डंगोल ।

५५. बर्दिया घर भई काठमाडौं–१८ बस्नै आएका तुलाराम थारु ।

५६. मोरङको रतुवामाई–१ घर भइ काठमाडौं–३, बासबारी बस्दै आएका गोविन्दप्रसाद निरौला ।

५७. गोरखा–१४ घर भइ हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत् ३७ वर्षीय विष्णुबहादुर खड्का ।

५८. चितवनको जगतपुर–७, हाल भरपुर–२४ बस्ने प्रहरी हवल्दार अम्बर बहादुर थापा मगर ।

५९. तनहुँको म्याग्दे–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका हाल नेपाल प्रहरीका प्रहरी उपरीक्षक विकासराज खनाल ।

६०. सिराहाको लाहान–६ घर भइ हाल काठमाडौं–३२, कोटेश्वर बस्दै आएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउत ।

६१. गुल्मीको साविक तम्घास–६, स्थायी घर भइ हाल भक्तपुरको मध्यपुर थिमी घर भई हाल लोकन्थली बस्दै आइ हाल नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक पदमा कार्यरत् श्यामबहादुर खत्री ।

६२. काठमाडौं–९, रातो पुल घर भइ हाल नेपाल प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत् दिवेश लोहनी ।

६३. काठमाडौंको बूढानीलकण्ठ–२ घर भई नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक पदमा कार्यरत् प्रजित केसी ।

Womui
Womui