यसरी मिल्यो घरेलु हिंसामा परेकी उपमेयरको विवाद

108

छिनछिन खबर
ललितपुर, वैशाख २० । पतिको कुटाइबाट घाइते भएकी ललितपुरको गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारी र उनका पति धु्रव कुँवरबीच सहमति भएको छ । मंगलबार राति कुटाइमा परेकी उपमेयरले प्रहरीमा गएर उजरी फिर्ता लिँदै सँगै बस्ने बताएपछि उनीहरूबीच सहमति भएको हो । धु्रवले पनि पत्नी कुटेकोमा माफी मागेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको महिला तथा बालबालिका सेलमा उपमेयर र उनका श्रीमानबीच छलफल भएको थियो ।
आपसी मिलापत्र भएपछि उपमेयर श्रीमानसँगै घर फर्किएकी महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
कुटपिटबाट उपमेयरको आँखाका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Womui
Womui