फोरमले सरकारसँग वार्ता गर्ने

90

छिनछिन खबर
काठमाडौं, वेशाख १८ । संघीय समाजवादी फोरम नेपालले सरकारले संविधान संशोधनमा लिखित प्रतिबद्धता जाहेर नगरेसम्म पार्टी सरकारमा नजाने निर्णय गरेको छ । लिखित प्रतिबद्धताका लागि सरकारसँग छलफल जारी राख्ने छ ।

पार्टीको पदाधिकारी बैटकमा बोल्दै अध्यक्ष उपेन्द्र यादवले संविधानमा देखिएका त्रुटी सच्याउनुपर्छ भनेका थिए । संविधानमा भएका त्रुटीलाई सच्याउनका लागि संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।सरकारले संविधान संशोधनको लिखित प्रतिबद्धता नगरेसम्म पार्टी सरकारमा नजाने उनको भनाइ छ ।

बैठकमा सहभागी पार्टीका महासचिव रामसाह यादवले पदाधिकारी बैठकले सरकारसँग वार्ता र संवाद जारी राख्ने निर्णय गरेको बताए । आगामी वैशाख ११ र २० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिए । सो बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदनबारे पदाधीकारी बैठकमा छलफल गरिएको थियो । राजनीतिक समितिको बैटकमा पार्टीका अध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Womui
Womui