विद्यालय छोडेर यार्साको खोजीमा

49

छिनछिन खबर
डोल्पा, वैशाख १८ । विद्यालयको वर्षभरीको खर्च र लुगाफाटो जुटाउनको लागि विद्यार्थीहरु विद्यालय छाडेर यार्साको खोजीमा जाने गर्छन् । यतिबेला सबैलाई पैसा कमाउने लहड चलेकाले विद्यार्थीको संख्या घट्दै गएर विद्यालय नै खाली हुने अवस्था आएको छ ।

तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकामा पर्ने मालिका माध्यमिक विद्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरुङले पहिला खचाखच हुने विद्यार्थीको संख्या अहिले यार्सागुम्बा संकलनको लागि गएकोले कक्षा खाली हुँदै गएको बताए । विद्यार्थी नै नभएपछि पठनपाठन प्रभावित भएको प्रधानाध्यापक गुरुङले जानकारी दिए ।

त्यस्तै मध्य डोल्पाको धेरैजसो आधारभूत र माध्यमिक विद्यालयमा पनि विद्यार्थी कम हुँदै गएका छन् ।
त्रिपुराकोट माध्यमिक विद्यालय मद्दुका आधारभूत र माध्यमिक तहका कक्षामा पनि दश प्रतिशतजति विद्यार्थी घटेको विद्यालयले जनाएको छ । विद्यार्थी संख्या घट्दै गएपनि पठनपाठन भने जारी राखिएको शिक्षक शोभाकान्त पौडेलले जानकारी दिए ।

सदरमुकाममा रहेको सरस्वती मावि दुनै र आदर्श मावि जरफालमा भने मावि तहको पहिलो परीक्षाको तयारी भएकाले विद्यर्थीको संख्या नघटेको प्रधानाध्यापक सत्यनारायण सिंहले बताए । विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत यार्सागुम्बा संकलन भएकाले जेठको पहिलो सतादेखि सम्पूर्ण विद्यालय बन्द हुने शिक्षक भागिरथ भट्टले जानकारी दिए ।

Womui
Womui