मेदीको तयारीमा जुट्यो जनकपुर, यस्ता छन् स्वागतका कार्यक्रम

40

छिनछिन खबर
जनकपुर, वैशाख १८ । भारतीय प्रधानमन्त्री आउने भएपछि जनकपुरमा स्वागतको लागि भव्य तयारी थालिएको छ । मोदी यही वैशाख २८ गते विहान ९ बजे यहाँ आउँदै छन् ।

मोदीको भ्रमणलाई स्मरणिय बनाउन विभिन्न समिति गठन गरिएको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताए । यतिखेर उपमहमनगरपालिकाले सडकमा खाल्टा खुल्टी पुर्ने मोदी पुग्ने क्षेत्रका आसपासमा रंगरोगन गर्ने लगायतका काम थालेको छ ।

मोदी चढेको हेलिकप्टर बाह्रबिघामा अवतरण गरिसकेपछि आधा किलोमिटर टाढा रहेको जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ । सोही दिन मोदीको नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि राखिएको २ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले बताए ।

Womui
Womui