मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

94

छिनछिन खबर
काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसको भ्रातृ संस्था मुस्लिम संघको अध्यक्षतामा अब्दुल सतार चयन भएका छन् । काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेसनले सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेसनले वरिष्ठ उपाध्यक्षमा मोहम्मद निजामुद्दीन, उपाध्यक्षमा कौशर शाहलगायत नौ जना, महासचिवद्वयमा मुक्तार अहमद र रहमदुल्ला मियाँ सर्वसम्मत चयन गरेको छ । महाधिवेसनमा ४३ जिल्लाबाट ४ सय बढीको सहभागिता थियो ।

Womui
Womui