आज श्रमिक दिवस, न्यूनतम ज्याला वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा

58

छिनछिन खबर
काठमाडौं, वैशाख १८ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९ औँ अन्तर्राष्ष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रमिक दिवसकै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरको न्यूनता ज्याला वृद्धि गर्ने घोषणा गरेका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन थालिएको हो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा पनि मजदूर संगठनहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनगरमा २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिने गरिन्छ ।

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट), अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) लगायतका मजदूर संगठनले सभालगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । हालको न्यूनतत पारिश्रमिकले बाँच्न सक्ने अवस्था नभएकाले सरकारले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गरिएको छ । दुई वर्ष अघि तोकिएको हाल श्रमिकले पाउन न्यूनतम पारिश्रमिक प्रतिमहिनको नौ हजार नौ सय ४७ रुपैयाँ हो ।

यसैबीच सरकारले समयानुकूल श्रमिकको ज्याला वृद्धि गर्ने तयारी गरेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले न्यूनतम बेतन बोर्ड गठन गरेर समयानुकूल ज्याला वृद्धिको पहल गरिने जानकारी दिएका हुन् ।

आर्थिक समृद्धिको आधार भनेकै मजदुर भएकाले सरकारले श्रम क्षेत्रलाई विशेष ध्यान दिने भन्दै मन्त्री विष्टले व्यवस्थापिका–संसद्बाट पारित भई कार्यान्वयनमा आइसकेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन र श्रम ऐन कार्यान्वयनका लागि नियमावली बनाउने प्रतिवद्धता जनाए ।

Womui
Womui