असिना पानीले बाँकेको डुडुवामा क्षति

134

नेपालगन्ज, बैशाख १७-
असिना पानीले बाँकेमा ठुलो क्षति पुर्याएको छ । डुडुवा गाउँपालिकाका सयौ घरमा क्षति पुर्याएको छ, भने दर्जनौ नागरिक घाईते भएका छन् । असिना पानीले डुडुवा गाउँपालिकाका सयौ घरको टायल र खपडा फुटाएको छ । हावाहुरीसँगै आएको असिना पानीले घरमाथी छाएको टायल फुटाएर क्षति गरेको हो ।

टायल फुटेपछि पानी पसेर घरभित्र रहेको अन्नपात, लत्ता कपडामा क्षति पुर्याएको पीडितले बताएका छन् । किसानले लगाएको तरकारी बाली र गहुँमा समेत असिनाले क्षति पुर्याएको डुडुवा गाउँपालिकाले जनाएको छ । असिनाले लाखौंको क्षति गरेको र दर्जन बढी मानिस घाइते भएको बताइएको छ ।

Womui
Womui