पाँच बैंकको चुक्ता पूँजी पुगेन, अबको बाटो के होला ?

164

छिनछिन खबर
काठमाडौं, वैशाख १७ । २८ वाणिज्य बैंकमध्ये अझै पाँच बैंकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको चुक्ता पूँजी पु¥याउन सकेका छैनन् । चालु आर्थिक वर्षको नौ महिनामा बैंकहरूले प्रकाशित गरेको वित्तीय प्रतिवेदन अनुसार २८ मध्ये पाँच वटाको तोकिएको चुक्ता पूँजी नपुगेपछि अबको बाटो के भनेर चर्चा चल्न थालेको छ ।

राष्ट्र बैंकको अनिवार्य पूँजी बृद्धि योजनाका कारण बोनस वितरण, हकप्रद, थप नयाँ साधारण सेयर बिक्री र मर्जर तथा एक्विजिशनबाट चुक्ता पूँजी बढाएकाले धेरै बाणिज्य बैंकहरुको पूँजी कोष बलियो बनेको छ । पूँजी कोष सबैभन्दा बलियो बनेर अब तत्काल पूँजी थप्नु नपर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक सबैभन्दा अगाडि देखिएको छ भने चुक्ता पूँजी बढाउन नसकेर अलपत्र परेको एनसीसी बैंक पछाडि छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्ता पूँजी आठ अर्ब र पूँजी कोष अनुपात कम्तिमा ११ प्रतिशत हुनुपर्ने गरी तोकेकोमा कतिपय बाणिज्य बैंकहरुको चुक्ता पूँजी नपुगेको मात्र नभई पूँजी कोष पनि खतराको नजिक छ । उनीहरुलाई थप पूँजी बढाउनुपर्ने बाध्यता देखिँदैछ ।

पूँजी कोष अनुपात पर्याप्त भएन भने राष्ट्र बैंकले कारबाही गर्नसक्छ । त्यसैले कारोबार बिस्तारका लागि पूँजी कोष बृद्धि गर्नु अति आबश्यक हुन्छ । पूँजी कोष अनुपात हिसाब गणनामा चुक्ता पूँजी र जगेडा कोषको हिसाब अन्तर सम्बन्धित हुन्छ ।

चुक्ता पूँजी आठ अर्ब पनि नपुर्याएका र पूँजी कोष पनि खुम्चदै गएका बैंकहरुले आगामी साधारणसभामार्फत पूँजी बढाउनुपर्ने निर्णय गर्नुपर्छ ।

पूँजी कोष धेरै भएका बैंकहरुले भने चालु आर्थिक बर्षको खुद नाफाबाट नगद लाभांश बढी दिने संभावना हुन्छ । लगानीकर्ताले बोनस सेयरको अपेक्षा धेरै गर्ने हो भने पूँजी कोष कमजोर रहेका र नगद लाभांश बढी खान खोज्ने हो भने पूँजी कोष धेरै भएका बैंकहरु छानेर लगानी गर्नु फाईदाजनक हुन्छ ।

पूँजी कोष अनुपात धेरै रहेका बाणिज्य बैंकहरुले ऐच्छिक
रुपमा पूँजी बढाउन सक्छन् तर चुक्ता पूँजी नपुगेका वा पूँजी कोष अनुपात तल रहेका बैंकहरुलाई आगामी दिनमा पूँजी बढाउनु पर्ने दरकार पर्ने हुँदा कमाएको रकमबाट बोनस सेयर नै दिनुपर्ने हुनसक्छ ।

Womui
Womui