प्रधानमन्त्री मायादेवी मन्दिरमा

129

छिनछिन खबर
लुम्बिनी, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मायादेवी मन्दिरको दर्शन गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी आएका प्रधानमन्त्री ओलीले मायादेवी मन्दिर दर्शन गरेका हुन् ।

दर्शनपछि उनले गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको स्मरण गराए । बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले ती विचार विश्वभर लोकप्रिय भइरहेको उनको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि केही बेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Womui
Womui