दीपिकालाई द्रौपदी बनाउने तयारी

40

छिनछिन खबर
काठमाडौं, वैशाख १७ ( एजेन्सी ) । अमिर खानले बनाउन लागेको महाभारत फिल्ममा द्रौपदीको भूमिकामा दीपिका भइदिए सुनमा सुगन्ध थपिने अनुमान अमिरको छ । कृष्ण्को भूमिका उनी आफैले निभाउने निर्णय गरेका छन् । यस फिलिममा थुप्रै कलाकारको सहभागिता रहनेछ तर पनि अमिरलाई द्रौपदीको भूमिकामा दीपिका नै हुनुपर्छ भन्ने चाहाना छ । धेरैले दीपिका पादुकोणले यो भूमिका निभाउन सक्ने चर्चा गरेका छन् ।

Deepika Padukone Beauty Tips

दीपिकाले भने फिल्ममा आउने नआउने केही पनि जानकारी दिएकी छैनन् । दीपिकाले छिट्टै निर्णय लिने नसक्नुको कारण ‘पद्मावत’ फिल्म नै मानिन्छ । यो फिल्म लामो समयसम्म विवादमा आएकोले उनले फेरी यस्तो कुनै फिल्ममा जोडिन नचाहेकी हुन् । इतिहाँसमा जोडिएका फिल्म फेरी पनि विवादमा पर्दछनकि भन्ने उनको सोचाइ छ ।

महाभारत अहिलेसम्मकै महंगो बजेटमा बन्न लागेको भारतीय फिल्मको रुपमा चर्चित छ । फिल्मको बजेट हजार करोड बताइएको छ । अमिरले यो भूमिकामा दीपिका नै सुहाउने भएकाले जसरी भएपनि दीपिकालाई मनाउने तयारी गरिरहेका छन् । दीपिकाको भनाइमा फिल्म फ्लोरमा नजाँदै एकपटक विरोधमा फसिसकेको छ । अमिर मुस्लिम भएको र उनले कृष्णको चरित्र निर्वाह गरेको भन्दै केही हिन्दुवादी संगठनले विरोध गरेका छन् । तर विरोध गर्नेले के बिर्सिए भने कुनै बेलाको चर्चित टिभि सिरियलमान ‘महाभारत’ लेखनको काम राहि मासुम राजा पनि मुस्लिम नै थिए । केहीले कृष्णको भूमिकामा अर्को कलाकार खोज्ने दाबी पनि गरेका छन् ।

फिल्मको प्रोडक्सनको काम भने सुरु भइसकेको अनुमान छ । अमिर खानले फिल्म बन्न पन्ध्र बीस वर्ष लाग्न सक्ने अनुमान गर्दे आफूलाई डर लागिरहेको बताएका थिए । ‘पद्मावत’ फिल्म पछि दीपिकाले कुनै पनि फिल्म खेलेकी छैनन् । धेरैको अनुमान दीपिकाले यो वर्षको अन्तिममा रणवीर सिंहसँग विवाहको तयारी गरेको हुँदा खाली बसेको भन्ने छ ।

Womui
Womui