जे. शर्मा मेडिकल स्टोरमा आगलागी, एक करोड क्षति

69

नेपालगन्ज, बैशाख १६-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीमा रहेको जे. शर्मा मेडिकल स्टोरमा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । सटर बन्द गरेको अवस्थामा शनिबार मध्यराति करिव १ बजेतिर अचानक बिद्युत सर्ट भएर आगो लागेको थियो । उक्त आगलागी समयमा नियन्त्रणमा आउन नसक्दा ठुलो क्षति हुन पुगेको हो ।

मेडिकल स्टोरका सञ्चालक जीवन शर्माले बिद्युत सर्ट भएर नै आगलागी भएको बताए । आगलागीबाट मेडिकल स्टोरमा भएको कुनैपनि सामान नबचेको उनले सुनाए । शर्माले भने, ‘आगलागीबाट केही पनि बचेन, सबै जलेर खरानी भयो ।’ स्थानीय बासिन्दाका अनुसार आगलागी भएको सूचना पाउने बित्तिकै दमकल आएको भए यति ठुलो क्षति हुने थिएन ।

खबर पाए लगत्तै प्रहरी परिचालन भएर आगलागी नियन्त्रणमा खटिएको कार्यालयका मुद्दा शाखा ईन्चार्ज रणबहादुर बिष्टले बताए । ‘आगो नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलसहित प्रहरी परिचालन भयो, झण्डै साढे ३ बजेतिर आगो नियन्त्रणमा आयो,’ उनले भने ।

Womui
Womui