कैलाली भ्रमण वर्ष २२ गतेदेखि, यस्ता छन् कार्यक्रम

166

छिनछिन खबर
धनगढी, वैशाख १६ । पर्यटक आगमण वृद्धिका लागि कैलाली भ्रमण वर्ष २०७५ यही वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । कैलालीको चिसापानीबाट आरम्भ हुने भ्रमण वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच चिसापानीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।


जिल्ला समन्वय समिति, कैलालीको अगुवाइमा भ्रमण वर्ष आयोजना गरिन लागिएको हो । भ्रमण वर्षको सुरुवातको बेला संघीय संसदका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रीहरू लगायत संघीय संसद र प्रदेश सभाका सांसदहरूको उपस्थिति रहने बताइएको छ ।

भ्रमण वर्षभरी कैलालीका विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार गर्नुका साथै पर्यटकीय प्रवर्द्धनका लागि विभिन्न गतिविधि गरिने जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले बताए । भ्रमण वर्ष सफल बनाउनका लागि कैलालीका १३ वटै स्थानीय तहले आ–आफ्नो स्तरमा मूल समारोह र उपसमितिहरू गठन गरेका छन् ।

भ्रमण वर्षको आयोजनाले कैलालीको चिसापानीमका रहेको कर्णाली पुल, टीकापुर पार्क,रामसार सूचीमा सुचिकृत घोडाघोडी ताल, मोहनाको डल्फिन क्षेत्र, राजकाँंडा क्षेत्र, गोदावरी, शिवपुरी धाम, बर्दगोरिया धार्मिक क्षेत्र, बेहेडाबाबा मन्दिर, जाखोर ताल लगायतका प्रसिद्ध पर्यटकीय स्थलको प्रचारप्रसारमा बृद्धि आउने तथा आन्तरिक र बाहृय पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा गरिएको छ ।

Womui
Womui