कांग्रेस महासमिति बैठक आउँदो भदौमा

86

छिनछिन खबर
काठमाडौं, वैशाख १६ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आउँदो भदौमा महासमिति बैठक बोलाएको छ । चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा अन्योलमा रहेको केन्द्रीय कार्यसमिति बैठक आइतबार सकिएको छ । सोही बैठकले निर्वाचनमा कांग्रेसको हारको जिम्मा केन्दीय समितिले लिने निर्णय समेत गरेको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुको कारणबारे विवाद हुँदा बैठक शनिबारदेखि अनिश्चित बनेको थियो ।

विवाद मिलाएर सहमतिको प्रतिवेदन तयार भएपछि बैठक बसेको थियो। चैत ९ गतेदेखि सुरु भएको बैठकमा ६ दर्जन बढी सदस्यले आफ्ना धारणा राखेका थिए ।

Womui
Womui