कृषिमा आधारित उद्योगले विदेशिने युवाको संख्या घटाउँछः माओवादी अध्यक्ष

101

छिनछिन खबर
काठमाडौं, वैशाख १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवा विदेशिने क्रमलाई रोक्न कृषिमा आधारित उद्योगलाई जोड दिन माग गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट तयारी गर्दै गर्दा सत्ता साझेदार दलका नेतासमेत रहेका दाहालले सरकारसँग कृषिमा आधारित उद्योगलाई बढ्वा दिने कार्यक्रम ल्याउन माग गरेका हुन् । जसका लागि उनले हरेक स्थानीय तहमा कम्तीमा एक करोड रुपैयाँ बजेट छुट्याउन माग गरेका छन् ।

शुक्रबार १४ औं अन्तराष्ष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा आधारित उद्योगले मात्रै नेपालको औद्योगिक विकासलाई गति दिनसक्ने र स्वरोजगार सिर्जना गर्न सकिने बताए । ‘सक्रिय र सक्षम जनशक्ति विदेशिने परिस्थितिको अन्त्यका लागि हामीले कृषिमा आधारित औद्योगिक विकासलाई प्राथमिकता नदिइ हुँदैन । सरकारका नीति तथा कार्यक्रममा लघु उद्योग समेटिने विश्वास लिएको छु’, उनले भने, ‘औद्योगिक विकासलाई गति दिनसक्ने र स्वरोजगार सिर्जना गर्न प्रत्येक स्थानीय तहमा एउटा ग्राम उद्योग स्थापना गर्न सरकारले सहयोग गर्नुपर्छ ।’

देशमा पहिलोचोटी बलियो तथा स्थिर सरकार बनेको र सरकारले बजेट निर्माण गरिरहेको भन्दै सबै क्षेत्रमा जनताले देख्ने, महसुस गर्नेगरी आमुल सुधारको खाँचो औल्याए ।

Womui
Womui