बलात्कारबाट पीडित हुनेमा जनजाति र दलित महिला बढी, यस्तो छ कारण

116

छिनछिन खबर
काठमाडौं, वैशाख १५ । नेपालमा जनजाति र दलित समुदायका महिला बढी बलात्कारको शिकार हुने गरेको एक ताजा अध्ययनले देखाएको छ । प्रहरीमा दर्ता भएका पछिल्ला तीन आर्थिक वर्षमा दर्ता भएका उजुरीको आधारमा गरिएको अध्ययन अनुसार उक्त तथ्य फेला परेको हो ।

तीन आर्थिक वर्षमा ३ हजार ५ सय बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा मात्रै १ हजार १ सय ३० वटा बलात्कारका घटना दर्ता भएका छन् । जागरण मिडिया सेन्टरले गरेको अध्ययनमा जनवजाति र दलित समुदायका महिला बढी बलात्कारको शिकार हुने गरेको पाइएको हो ।

७ सय ९२ घटनामाथि गरिएको विश्लेषणमा ३४ प्रतिशत आदिवासी जनजाति समुदायका महिला बलात्कारको शिकार बनेको पाइएको छ । दोस्रो क्रमको पीडितमा दलित समुदायका महिला छन् । दलित समुदायमा बलात्कार पीडितको संख्या १९ प्रतिशत देखाइएको छ ।
अध्ययनको क्रममा पाइएको नतिजा अनुसार तेस्रो नम्बर क्षेत्री समुदायका महिला १८ प्रतिशत र ब्राह्मण समुदायका महिला ९ प्रतिशत बलात्कारको शिकार भएका छन् । त्यस्तै मधेसी समुदायका ६ र मुस्लिम ४ समुदायका प्रतिशत महिला बलात्कारबाट पीडित रहेको पाइएकोे छ । अनुसन्धानकर्ताले बलात्कारमा घटना बढी हुनुको कारण शिक्षा, जनचेतना नै प्रमुख कारण रहेको बताएका छन् । दलित, जनजाति महिलालाई शिक्षा दिने हो भने र पीडकलाई कडाइसाथ कारबाही गर्ने हो बलात्कारका घटनामा कमी आउने सुझाव दिइएको छ । कतिपय घटनामा पीडकलाई प्रहरीले कारबाही नगरेका कारण बलात्कारमा घटना वृद्धिमा सघाउ पुगिरहेको निष्कर्ष निकालिएको छ ।

Womui
Womui