वैशाख २३ गतदेखि बजेट अधिबेसन सुरु गर्ने मन्त्रिपरिषद निर्णय, अरु यस्ता छन् निर्णय

23

छिनछिन खबर

काठमाडौं, वैशाख १४ । आउँदो बैशाख २३ गते संघीय संसदको बैठक सुरु हुने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले बजेट अधिवेसन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सोही बैठकले वीरगञ्जस्थित एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने, शान्ति सुव्यवस्था कायम गर्न विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र बैदेशिक रोजगारको न्यायसेवामा रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

यही अधिवेसनमै सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि बजेटसमेत प्रस्तुत गर्नेछ । संविधानले जेठ १५ गते बजेट पेश गरिसक्नु पर्ने व्यवस्था गरेकाले यतिखेर सरकार बजेट तयारीमा जुटिसकेको बताइएको छ ।

Womui
Womui