कोरिया महाद्विपमा शान्ति हुनै थालेको हो ?

54

छिनछिन खबर

काठमाडौं, वैशाख १४ । वर्षौदेखि कुटता बोक्दै आएका दक्षिण र उत्तर कोरियाबीच युद्ध गर्ने सहमतिले संसारभरि खुशीको सञ्चार गरेको छ । शुक्रबार उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच शिखर वार्ता भएपछि युद्धविराम गर्ने सहमति भएको हो ।

वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य गर्ने औपचारिक घोषणा गर्ने सहमति भएको छ । उक्त सहमतिले कोरिया महाद्विपमा शान्ति स्थापना हुने धेरैको आशा रहे पनि कतिपयले भने विश्वास गरी हाल्न नसक्ने प्रतिक्रिया दिएका छन् । खासगरी उत्तर कोरियाले जुनसुकै बेला पुनः अशान्ति सिर्जना गर्ने हुन कि भन्ने शंका कायमै रहेको जापानमा रहेका शान्ति अभियानकर्ताहरूको शंका छ ।

शिखर वार्तापछि उत्तर कोरियाली शासक जोङले दुवै देशका नागरिकबीच रगतको सम्बन्ध रहेको प्रतिक्रिया समेत दिएका छन् भने दक्षिण कोरियाका राष्ट्रपतिले शान्तिको युग सुरु भएको बताएका छन् । सम्बन्ध विस्तारमा दुई देशबीच नाटकीय रुपमा परिवर्तन आएसँगै संयुक्त राज्य अमेरिका र चीनले खुशी व्यक्त गरेका छन् ।

Womui
Womui