कहिले आउला आफ्नो घरमा बस्ने दिन

157

छिनछिन खबर
काठमाडौं वैशाख १४ । भूकुम्प गएको तीन वर्ष बित्दा पनि भक्तपुरका भूकम्पपीडितहरु टहरामै बास बस्न बाध्य छन् । घर पुनर्निमाण गर्न नसक्दा उनीहरुको टहरामै बास बस्नुपर्ने स्थिति आएको हो ।

भक्तपुरको देकोचास्थित अस्थायी टहरामा बस्दै आएका अशोक तामाङले घर बनाउन नसकेकोले जस्ताको टहरामुनि रात बिताउनु परेको उनको भनाई छ । गरिबलाई कहिल्यै पनि दुःखले छोडेन हाम्रो घरायसी कुरा नमिल्दा हामिले अहिले सम्म राहातको रकम पनि लिन सकेका छैनौं उनले भने ।


भूकुम्प पछि देकोचमा ३६ परिवारको टहरा थियो तीमध्य अहिले पनि झण्डै १५ परिवारले टहरा छाड्न सकेका छैनन् । पीडितहरुका अनुसार घर बनाउन नसक्नुका धेरै कारण छन् । घर बनाउने जग्गा नहुनु, पैसा नहुनु, सानो क्षेत्रफलको टुक्रे जग्गामा नयाँ मापदण्ड अनुसारले नक्सा पास गर्न नमिल्नु, दाजुभाई विचको झगडा, सधिँयारसँगको झगडा आदि कारणले गर्दा घर बनाउन नसकेको पीडितहरुको भनाई छ ।

टहरामै दुःखपूर्ण जीवन बिताउँदै आइकी संगीता भन्छिन् तीन वर्ष बित्दा पनि राहत पाएका छैनौं अहिले सम्म पनि विभिन्न जिल्लका पीडितहरु टहरामै बस्न बाध्य छन् । कमलविनायक, गरुडकुण्डल, इन्द्राणी, च्यामहासिंह जस्ता ठाउँमा भूकम्प पीडित अस्थायी टहरामै गुजरा गर्दे आएका छन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका अनुसार जिल्लामा २७ हजार ६ सय ४४ लाभग्राही छन् । तीमध्य २३ हजार १ सय २५ परिवारसगँ अनुदान सम्झौता भएको छ । त्यसमा २३ हजार १ सय १८ ले पहिलो किस्ता, दुई हजार ८ सयले दोस्रो र २हजार १ सयले तेस्रो किस्ता पाएका छन् ।

कार्यालय प्रमुख शिवराम गेलाल टहरामै बस्नेहरु भूकम्पपीडित सयौं रहेको बताउँछन् । सरकारी निकायले तिनीहरुको यकिन तथ्यांक भनेनिकाल्न सकेको छैन् । भ्ूाकम्पले जिल्लाका सबै क्षेत्र भन्दा बढी क्षती भक्तपुर नगरपालिकामा भएको थियो । भूकम्पपश्चात नगरभित्र मात्रै ८७ स्थानमा २ हजार ३ सय ६ परिवारका १४ हजार ३ सय ३८ जना अस्थायी शिविरमा बस्न बाध्य भएका थिए ।

Womui
Womui