कृषि विकास बैंकले बोनस शेयर पठायो, तपाईको डिम्याट खातामा आयो ?

54

छिनछिन खबर
काठमाडौं, वैशाख १२ । कृषि विकास बैंक ले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गरेको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गराएको छ । बैंकले गत वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।

बैंकले चुक्ता पूँजीको २० प्रतिशतले हुने एक करोड ४१ लाख ७५ हजार ३६० कित्ता बोनस सेयरधनीको हितग्राही खातामा पठाइसकेकोे हो । तपाईंका खातामा आए÷नआएको एकिन गर्नुस् । यदि जम्मा नभएको भए बैंकमा सम्पर्क राख्न बैंकले आग्रह गरेको छ । सेयर अभौतिकिकरण गर्ने सेयरधनीको सेयर हितग्राही खातामा बोनस सेयर जम्मा भएको बैंकले जनाएको छ । बैंकले वैशाख ६ गते नेप्सेमा बोनस सेयर सूचिकरण गराएको थियो ।

बेनसपछि बैंकको साधारण तर्फको चुक्ता पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सरकारको अग्राधिकार सेयरसहित बैंकको चुक्ता पूँजी भने १३ अर्ब नाघेको छ ।

Womui
Womui