देश बनाउन कोदालो बोक्नै पर्छः प्रधानमन्त्री

158

छिनछिन खबर
काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले जर्जर भएको मुलुकलाई उठाउन सबैले कोदालो बोक्नु पर्ने बताएका छन् ।
भुकम्प गएको ३ वर्ष पूरा भएको अवसरमा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै ओलीले नवनेपाल निर्माण गर्न सबै जनता जुनसुकै काम गर्न तयार रहनुपर्ने बताए ।

ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको समेत उनको भनाइ छ । आफू खर्पन र डोकोमा इँटा बोक्न पनि तयार रहेको उनले बताए ।

भूकम्प गएको तीन वर्ष पूरा हुँदासमेत पीडितका घर भने अझै बन्न सकेका छैनन् । घर बन्न नसक्दा कैयन पीडित पालमुनि बस्न बाध्य छन् ।

Womui
Womui