पुलिस रिपोर्ट लिने स्थान विस्तार, तपाईंको पायक कता ?

78

छिनछिन खबर
काठमाडौं, वैशाख १२ । वैदेशिक रोजगारी र अध्ययनका लागि जाने नेपालीलाई सहज होस् भनेर प्रहरीले पुलिस रिपोर्ट निकाल्ने स्थान विस्तार गरेको छ । उपत्यकामा चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई थप दुई स्थानमा विस्तार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएको उक्त सेवा अबदेखि महानगरीय प्रहरी वृत्त गौशाला र कालिमाटी थप गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले उपत्यका बाहिर १ नम्बर प्रदेश कार्यालय विराटनगर, ३ नम्बर प्रदेश कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश कार्यालय पोखरा, ५ नम्बर प्रदेशको संघीय प्रहरी इकाइ कार्यालय भेरी, र ७ नम्बर प्रदेशको संघीय प्रहरी इकाइ कार्यालय डोटीबाट समेत सोही सेवा दिँदै आएको छ ।

Womui
Womui