सुन तस्करीमा एकपछि अर्को प्रहरी तानिँदै, एसपी खनाल पक्राउ

99

छिनछिन खबर
काठमाडौं, वैशाख १२ । ३३ किलो सुन तस्करी प्रकरणमा एकपछि अर्को प्रहरी तानिने क्रम जारी छ । यसअघि नै बहालवाला र रिटायर्ड गरी आधाा दर्जन प्रहरी अधिकारी प्रक्राउ परिसकेको बेला छानबिनका लागि एसपी विकासराज खनाल पनि तानिएका छन् । मकवानपुर जिल्लामा प्रहरी प्रमुखका रूपमा कार्यरत खनाललाई नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


प्रक्राउ लगत्तै खनाललाई गृह मन्त्रालयबाट गठित समितिले बयानसमेत लिइसकेको छ । नियन्त्रणमा लिएर उनलाई प्रहरी प्रधान कार्यालयको एक नम्बर गणमा राखिएको छ । गत आइतबार समितिले पूर्व डिआइजी गोविन्द निरौलालाई पनि पक्राउ गरेको थियो । त्यसअघि एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी लगायतका प्रहरी अधिकृत पक्राउ परिसकेका छन् ।

Womui
Womui