लोकतन्त्र दिवसमा कांग्रेसको दीप प्रज्वलन

106

नेपालगन्ज, बैशाख ११-
लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले मंगलबार बेलुका दीप प्रज्वलन गरेको छ । स्थानीय विपी चोकमा  सहिदहरुको सम्मान स्वरुप दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईरालाले बताईन् ।

सो क्रममा पार्टीका नेताहरु, जिल्ला कार्यसमिति पदाधिकारी, सांसद, पुर्वसांसदहरु, भातृ तथा शुभेच्छुक संघ, संगठनका प्रतिनिधी, स्थानीय तहका जनप्रतिनिधी लगायत सहभागी भएका थिए । लोकतन्त्र दिवसलाई सरकारले प्राथमिकतामा नराखेपनि आफुहरुले दीप प्रज्वलन गरेर दिवस मनाएको सभापति कोईरालाले बताईन् ।

Womui
Womui