५० हजार घुससहित फार्मेसी अधिकृत पक्राउ

149

नेपालगन्ज, बैशाख ११-
औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षक(अधिकृत) तपेन्द्र भट्टराई मंगलबार अख्तियार टोलीले ५० हजार घुससहित रंगेहात पक्राउ गरेको । सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा भट्टराईलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले रंगेहात पक्राउ गरेको हो ।

मेडिकल दर्ता प्रकृयामा सहजता बनाईदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका प्रमुख ईश्वर कार्कीले जानकारी दिएका छन् । यसअघि गत फागुन दोस्रो साता पनि सोही कार्यालयका फार्मेसी निरीक्षक एवम् सूचना अधिकारी पुष्प रानाक्षेत्रीलाई २८ हजार घुस सहित अख्तियार टोलीले पक्राउ गरेको थियो ।

Womui
Womui