राप्तीसोनारीमा स्थानीय विपद व्यवस्थापन समिति गठन

150

बाँके (अगैया), बैशाख ११-
राप्तीसोनारी गाउँपालिकामा स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा विषयगत क्षेत्र हेर्ने वडाअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विषयगत क्षेत्रको विज्ञ, स्थानीय नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधी, गैर सरकारी संस्थाको तर्फबाट १ महिला सहित २ जना र गाउँपालिकाको विपद व्यवस्थापन शाखा प्रमुख रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अध्यक्षता एवम् स्थानीय सरोकारवाला कार्यालय, संघ संस्था समेत उपस्थितीमा बैठक बसी समिति गठन गरिएको थियो । बैठकले योजना तर्जुमा गर्ने कार्यमा आर्थिक प्राविधिक सहयोग गर्न सेभ द चिल्डेनलाई जिम्मा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओलीले जानकारी दिए । २०७४ साउन अन्तिम साता राप्ती नदीमा आएको बाढीले राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा जिल्लाकै सबैभन्दा बढी क्षति पुर्याएको थियो । गाउँपालिकाका अधिकांस वडाहरु राप्ती नदी र विभिन्न खोलानालाको बाढीबाट उच्च जोखिममा रहदै आएका छन् ।

 

Womui
Womui