छापा मारेर ठुलो परिमाणको ‘अबैध’ सुनचाँदी बरामद

158

नेपालगन्ज, बैशाख १०-
जिल्ला प्रहरी कार्यालय बाँकेले छापा मारेर नेपालगन्जको एक पसलबाट अबैध सुनचाँदी बरामद गरेको छ । नेपालगन्ज–३ त्रिवेणीमोड मा रहेको सोनु राई ज्वैलर्सबाट प्रहरीले २४ किलो चाँदी र पथ्थरसहित ४ सय २३ ग्राम सुन आइतबार बेलुका बरामद गरेको हो । दर्ता नै नभएर सञ्चालनमा रहेको उक्त पसलसँग सुनचाँदीको बिल भरपाई नभेटिएकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) टेकबहादुर तामाङले बताए ।

पसलले लामो समयदेखी अबैध सुनचाँदीको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा तथ्य फेला परेपछि छापा मारिएको उनले बताए । तामाङले भने, ‘यो पसलले बिल भरपाई बिना नै सुनचाँदीको कारोबार गर्दै आएको सूचना प्राप्त भएको थियो, त्यसमाथी अनुसन्धान गर्दै जाँदा दर्ता पनि नभएको र बिलभरपाई पनि नभएको पाइएपछि छापा गर्यौं,’ उनले भने ।

बरामद गरिएको सुनचाँदी जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको मुद्दा शाखा ईन्चार्ज एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टले बताए । घटनाको थप अनुसन्धान भईरहेको उनको भनाई छ । बरामद सुनको विषयमा बिस्तृत जानकारी दिन जिप्रकाले सोमबार दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

Womui
Womui