रातीसम्म हिँड्न पाउने भए पर्यटक

44

छिनछिन खबर
काठमाडौं, वैशाख १० । संस्कृति, पर्यटन तथा नागरिक उड््डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले राजधानीमा पर्यटकले रातीसम्म हिँडडुल गर्न सक्ने वातावरण मिलाउने बताएका छन् ।

पर्यटकलाई रातीसम्म हिँडडुल गर्ने व्यवस्था मिलाएको खण्डमा पर्यटकको आगमन वृद्धि हुनुको साथै पर्यटकलाई सहज हुने धेरैको अपेक्षा रहँदै आएको छ । विश्व सम्पदाका दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले हनुमानढोकादेखि स्वयम्भुसम्म आयोजना गरेका पदयात्रा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

धेरै पर्यटकले काठमाडौंमा घुमफिर गरेर समय बिताउने अवसर पाएको खण्डमा राजधानीको आवश्यक्ता धान्न सहज हुने भन्दै उनले राती ११ बजेसम्म पर्यटकलाई घुमफिर गर्न सहज हुने वातावरण बनाए । यस्तो सहज वातावरण बनेको खण्डमा काठमाडौंका अरु १५ देखि २० स्थानमा पर्यटकलाई घुमफिर गर्ने वातावरण बनाउने र देशलाई आर्थिक सहयोग उपलब्ध हुने उनको बुझाइ छ ।

Womui
Womui