अमेरिकामा फेरि बन्दुकधारीको आक्रमण, चारको मृत्यु

196

छिनछिन खबर
काठमाडौं, वैशाख १० (एजेन्सी) । पटकपटक बन्दुकधारीको आक्रमण हुँदै आएको संयुक्त राज्य अमेरिकामा पुनः त्यस्तै घटना भएको छ ।
अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट अन्य चार घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको र हतियारसहित फरार भएको प्रहरीले जनाएको छ । अमेरिकन सञ्चार माध्यमका अनुसार २९ वर्षीय ट्रेविस रिनकिङ्गले राइफलमार्फत गोली चलाएका थिए । उनी कार चढेर आएका थिए र गोली चलाएका थिए ।
गोली लागेका तीन जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति नांगै थिए । उनले एक हरियो रंगको ज्याकेटमात्र लगाएका थिए त्यो पनि गोली हान्ने बेला घटनास्थलमै खसेको थियो । गत अप्रिलमा एक महिलाले यूट्युबको हेडक्वाटरमा आक्रमण गरेर चार जनालाई घाइते बनाएकी थिइन् । गोली चलाएपछि ती महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकी थिइन् ।

Womui
Womui