चितवन राष्ट्रिय निकुञ्जमा दुई महिना चार वाघ कसरी मरे ?

253

चितवन, वैशाख ९ । पछिल्लो दुई महिनाको अवधिमा चितवन राष्ट्रिय निकुञ्जमा लगालग चार वाघ मरेपछि किन यस्तो भइरहेको छ भन्ने चिन्ता गरिएको छ ।

ती वाघ आफै मरेका हुन् या कसैले मारेका हुन् भनेर अनुसन्धान गर्न माग गरिएको छ । यद्यपि निकुञ्ज प्रशासनले ती वाघ आफैं मरेको जनाएको छ । शनिबार चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि अर्को दुर्लभ पाटेवाघ मरेको थियो ।

निकुञ्जको छेउ राप्ती किनारमा वयस्क वाघ मृत फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । वाघ अर्को बाघसँगै जुधेर मरेको अनुमान छ ।
। (रासस)

Womui
Womui