कार्यकर्ताको मन राख्न ओली र दाहालको संयुक्त प्रतिबद्धता

43

छिनछिन खबर
काठमाडौं, वैशाख ९ । एकीकरण गर्ने भनिएको चौथो मिति गुज्रिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार कार्यकर्ताको मन बुझाउन प्रतिबद्धता जनाउने भएका छन् । खासगरी एकता पक्षधर कार्यकर्ताको सान्तवनाका लागि दुबै नेताले स्रयुक्त प्रतिवद्धता जनाउन थालेका हुन् ।

यद्यपि पार्टी एकीकरणबारे भने अझै कुरा मिलिरहेको छैन । नेताहरूका अनुसार यतिखेरको मुख्य समस्या नेतृत्व कसले गर्ने भन्नेमा बढी केन्द्रित छ । माओवादीले एकीकरणपछि बन्ने नयाँ पार्टीमा समान सहभागिता र नेतृत्व दाहालले गर्ने माग गर्दै आएको छ भने एमालेले त्यसमा सहमति जनाएको छैन । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणका लागि सबै सकारात्मक रहे पनि केही विषय टुंग्याउन बाँकी रहेको बताए ।

पार्टी एकतामा विवाद कायम रहिरहँदा एकताबारेका आशंका मेटाउने गरी कम्युनिस्ट ा दिवसका अवसरमा आइतबार दिउँसो आयोजना हुने कार्यक्रममा दुई शीर्ष नेताले साझा प्रतिबद्धता जनाउने छन् ।

यसैबीच पार्टी एकता लगायतका विषयमा केन्द्रित रहँदै माओवादीको पदाधिकारी बैठक बसिरहेको छ ।

Womui
Womui