नेपालगन्जमा ‘मेरो टुकी प्रज्ञालय’ शुभारम्भ

165

नेपालगन्ज, बैशाख ८-
नेपालगन्जको धम्बोझीमा ‘मेरो टुकी प्रज्ञालय’ नामक पूर्व पाठशालाको शनिबारबाट शुभारम्भ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका डा. मेयर धवल सम्शेर राणाले एक समारोहबीच प्रज्ञालयको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर राणाले राम्रो र सँस्कारित शिक्षा सबैभन्दा आवश्यक भएको बताए । दुईदेखि ५ वर्षको उमेरमा बालकको ८० प्रतिशत बुद्धि र धारणा विकसित भईसक्ने भएकोले यस उमेरमा संस्कार र व्यवहार सिकाउन बिद्यालय धेरै संवेदनशील हुनुपर्ने बताए ।

कार्यक्रमका प्रज्ञालयका संस्थापक भोजराज शर्माले मेरो टुकी प्रज्ञालय मन्टेसरी स्कूल मात्र नभएर पूर्वीय गुरुकुल र पश्चिमी मन्टेसरी, वल्डोर्फ, प्यारेन्ट कोअप, हाईस्कोप आदि विधिका राम्रा पक्षको मिश्रण गरी प्रज्ञालयको अवधारणा तयार भएको बताए । सिर्जना, व्यवहार ज्ञान र सम्यक शिक्षाको माध्यमबाट ४० जना बालबालिकाको जीवनमा रूपान्तरण गर्ने प्रयोगशाला रूपमा यसलाई स्थापना गरिएको उनको भनाई थियो । कार्यक्रममा नेपालगन्ज नगरपालिकाका उपमेयर उमा थापामगर, प्राध्यापक डा. जनार्दन शर्मा आचार्य, अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह, साहित्यकार तथा शिक्षासेवी किरण आचार्य लगायतले धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार ऋचा लुइँटेलले गरेकी थिईन् ।

Womui
Womui