वैशाख २८ गते नेपाल आएर के गर्नेछन् भारतीय प्रधानमन्त्री मोदीले ?

38

छिनछिन खबर
काठमाडौं, वैशाख ८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मोदी नेपाल भ्रमणको क्रममा काठमाडौं मात्र नभएर जनकपुरसमेत जानेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । मोदी नेपाल उनी सोही दिन धार्मिकस्थल जनकपुर जाने तय गरिएको छ ।

यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने सूत्रहरुको दाबी छ । प्रधानमन्त्री भएपछि मोदीले तेस्रोपटक नेपाल भ्रमण गर्न थालेका हुन् । भारतीय राजदूतावास स्रोतका अनुसार मोदीको यसपटकको भ्रमण विशुद्ध दुई देशबीचको सम्बन्ध सुधार हो । मोदीको भ्रमणबारे नेपाल सरकारलाई भने औपचारिक जानकारी गराइएको छैन ।

Womui
Womui