तीन चरण पार नगरी नेपालले विश्वकप खेल्न नपाउने

137

छिनछिन खबर 
काठमाडौं, वैशाख ८ । अन्तर्राष्ट्रिय क्रिकेट संघ आइसिसीले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्कप छनोटको खेल तालिका सार्वजनिक भएको हो । खेल तालिका अनुसार नेपालले ट्वान्टी–२० विश्वकप खेल्नका लागि तीन चरण पार गर्नुपर्ने भएको छ ।
२०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अस्टे«लियामा हुने विश्वकपका लागि आइसिसीले पाँच महादेशमा क्षेत्रीय प्रतियोगिता गराउँदै विश्वकप खेल्न ६ टोली छनोट गर्ने भएको छ । एसिया, युरोप, इस्टएसिया प्यासिफिकमा २÷२ तथा अफ्रिका र युरोपमा ३÷३ समूहमा रहेर विश्वकप ६२ टोलीले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछन् ।

नेपाल पहिलो चरणमा एसियाको समूह ‘बी’ मा परेको छ । अक्टोबर ३ देखि १२ सम्म मलेसियामा हुने समूह ‘बी’ मा नेपालले आयोजक मलेसियासँगै सिंगापुर, भुटान, चीन, म्यानमार, थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । एसियाको समूह ‘ए’ मा साउदी, कुवेत, बहराइन, कतार, साउदी अरब, माल्दिभ्स र युनाइटेड अरब इमिरेट्सले कुवेतमा अप्रिल २० देखि २७ सम्म छनोट प्रतियोगिता खेल्नेछन् । दुवै समुहका शीर्ष तीन टोलीले ग्लोबल क्वालिफायर प्रतियोगिता खेल्नेछन् ।

ग्लोबल क्वालिफयरमा एसियाबाट २, अफ्रिकाबाट २, इस्ट एसिया प्यासिफिकबाट १, अमेरिका तथा युरोपबाट १ टोली र आइसिसी ट्वान्टी–२० वरियताको शीर्ष १० मा नपरेका ६ टोलीले प्रतिस्पर्धा गर्नेछ । ग्लोबल क्वालिफायरका शीर्ष ६ टोलीले २०१८ डिसेम्बर ३१ सम्मको आइसिसी ट्वान्टी– २० वरियातका शीर्ष १० टोलीसँग अस्टे«लियामा हुने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

 

Womui
Womui