क्षयरोग लागेको त छैन् ? त्यसो हो भने हेलचक्र्याइँ नगरौं

120

छिनछिन खबर
काठमाडौं वैशाख ८ । घट्टेकुलो बस्ने एक व्यवसायीलाई लगातार चार महिना खोकी लाग्यो । लामो समयसम्म खोकी लाग्दा जचाउन उनी अस्पताल पुगे । चिकित्सकले क्ष्यरोगको शंका मानेर खकार परीक्षण गरे । परीक्षण्मा क्ष्यरोगको किटाणु भेटियो । चिकित्सकको सिफारिसमा उनले डट्स केन्द्रबाट औषधि सेवन शुरु गरे । तीन महिनासम्म नियमित औषधि सेवन गरेका उनले त्यपछि आफ्नो कार्यव्यस्तताका कारण औषधि खान हेलचक्र्याइँ गरे । केही समयपछि फेरी उनलाई खोकीले सताउन थाल्यो । उनी फेरी उपचार केन्द्रमा पुगे । चिकित्सकले उनको खकार पुनः परीक्षण गरे ।

क्षयरोगका किटाणु सक्रिय रहेको पाइयो । चिकित्सकले दोस्रो चरणको क्षयरोगको औषधि दिए । अहिले उनले नियमित औषधि सेवन गरिरहेका छन् । त्यस्तै केहीवर्ष अघि एक महिला चिकित्सकलाई क्षयरोगले समात्यो । उनले आफैं औषधि किनेर सेवन गर्न थालिन् । उनले पनि व्यस्तताका कारण नियमित औषधि सेवन गर्न सकिनन् । तीन महिनापछि पुनः खकार परीक्षण गर्दा क्षयरोगका किटाणु सक्रिय रहेको पाइयो । त्यसपछि उनी डट्स केन्द्रमा पुगिन् । चिकित्सकको परामर्श र निगरानीमा नियमित औषधि सेवन गरेकी उनी अहिले क्षयरोगबाट मुक्त छिन् ।

यी दुवै व्यक्ति काठमाडौंका हुन् । दुवैजना शिक्षित र सचेत वर्गमा पर्छन् दुवैजनाले औषधि सेवनमा लापरबाही गर्दा निको हुने चरणमा पुग्न थप झमेला बेहोर्नुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका एक चिकित्सकले बताए । मुलुककै राजधानी र धेरै हिक्षितको बसोबास रहेको काठमाडौंमा औषधि पूर्ण रुपमा सेवन नर्गदा क्षयरोग बल्झिने संख्या कुल रोगी मध्य पाँच प्रतिशत रहेको जनस्वास्थ्य कार्यालयका चिकित्सकले बताए । काठमाडौं जनस्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ५५ जनाले बीचैमा औषधि सेवन गर्न छाडेका छन् । कार्यालय अन्तर्गतको क्षयरोग शाखाले प्रत्यक चारचार महिनामा क्षयरोगीको संख्या संकलन गर्दे आएको छ । सो कार्यालयका अनुसार यो वर्ष १ सय ६८ जना क्षयरोगी दोहोरिएर आएकमा छन् । औषधिको पूर्ण मात्रा सेवन नगर्दा क्षयरोग दोहोरिने चिकित्सक बताउँछन् ।

Womui
Womui