नायिका केकी अधिकारी जब नेपालगन्जको सडकमा झुल्किइँन्…..

79

नेपालगन्ज, बैशाख ८-
नायिका केकी अधिकारीले नेपालगन्जको सडकमा सचेतना जगाएकी छन् । स्थानीय पुष्पलाल चोकमा शनिबार बिहान उनले सडकमा अपनाउने सुरक्षाबारे सचेतना जगाएकी हुन् । प्रहरी, खेलाडी, अटोमोबाईलकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितीमा उनले सडकमा गुड्ने सवारी साधनमा सडक सुरक्षाबारे सचेतना मुलक स्टिगर टाँसेकी थिईन् ।  सडकबारे जनचेतनाका लागि अटोमोबाईल्स एशोसियशनले केकीलाई कार्यक्रममा बोलाएको एशोसियशनका प्रदेश नम्बर ५ का अध्यक्ष निरन्जन राजभण्डारीले बताए ।

आफुले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को प्रर्वद्धनका लागि नायिका केकी नेपालगन्ज आएकी थिईन् ।उनले सडकमा सावधानी अपनाउन नसक्दा धेरैको अकालमा ज्यान गएको बताईन् । उनको चलचित्र कोहलपुर एक्सप्रेस यही बैशाख १४ गतेबाट देशभरका फिल्म हलमा प्रर्दशनमा आउँदैछ ।  सामाजिक कथा वस्तुमा आधारित नेपाली चलचित्र कोहलपुर एक्सप्रेसमा केकीले दोहोरो भूमिका निभाएकी छन् । विशाल भण्डारीको निर्देशन तथा कथा लेखन रहेको चलचित्रमा विनोद न्यौपानेले नायकको भूमिका निभाएका छन् । अर्जुन तिवारीको छायांकन तथा कलाकार बुद्धि तामाङ, रविन्द्र झाँ, सुजन कार्की लगायतको पनि अभियन रहेको छ ।

Womui
Womui