एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी

91

नेपालगन्ज कप टि-२० प्रतियोगिता
नेपालगन्ज, बैशाख ७-
आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टि–२० प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पाँचौ दिनको पहिलो खेलमा एन.आई.सि एसिया दंगाली गोर्खाजले अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै बर्दिया टाइगर्सले दिएको १ सय ३० रनको लक्ष्य एन.आई.सि. एसिया दंगाली गोर्खाजले १७ ओभरमा २ विकेट मात्रै गुमाएर भेटायो । प्रतियोगितामा एन.आई.सि एसिया दंगाली गोर्खाजले हात पारेको ३ खेलमा यो दोस्रो जित हो, भने बर्दियाले ३ खेल खेल्दा १ जित र २ हार बेहोरेको छ ।

एक सय ३० रनको लक्ष्य पछ्याउने क्रममा ओपनिङ ब्याटिङ गरेका मनोज सुनारले ५० रन बनाए । ३४ बलको इनिंङमा उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए । जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए । मनोजले अर्का ओपनर सन्दिप सुनारसँग पहिलो बिकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । सन्दिप २९ रन बनाएर आउट भए जुन क्रममा १७ बलमा ४ चौका र २ छक्का हिर्काए । सन्दिप र मनोजको विकेटपछि विनायक गिरि र अमर सिंह रौटेलाले तेस्रो बिकेटको लागि ४७ रनको साझेदारी गरे । अमरले ३५ बलमा २ चौका र १ छक्का मदतले २४ रन तथा अमरले १६ बलमा ५ चौका मदतले २३ रन बनाए । बलिंङतर्फ अर्घाखाची सिमेन्ट्स बर्दिया टाइगर्सका आकाश बिस्ट र अविनाश बोहाराले समान १/१ बिकेट लिए ।

टस हारेर ब्याटिंङ गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो । अर्घाखाँची सिमेन्ट्स बर्दिया टार्ईगर्सले खराब स्थितीमा सुरुवात गरेको सातौं विकेटको लागि अविनाश बोहरा र आकाश बिष्टले ३६ रनको साझेदारी गर्दै टिमको स्कोर १२९ पुर्याएका थिए । आकाश बिष्टले २५ रन बनाए जुन क्रममा १५ बलमा २ छक्का र १ चौका हिर्काए, भने अविनाश बोहराले ९ बलमा २ छक्का मदतले अविजित १५ रन बनाए । यसअघि राजबिर सिंहले २८ रन, भरत थापाले १६, नबिन ओलीले १७ रन तथा कप्तान सुबेन्दु पाण्डेले १२ रन योगदान दिए । एन.आई.सि. एसिया दंगाली गोर्खाजका बलर बिष्णु कटारिया र अमर सिंह रौटेलाले समान २/२ विकेट हात पारे । यस्तै अनिल खरेल, शहिद अन्सारी र सागर ढकालले समान १/१ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच मनोज सुनार घोषित भए ।

त्यस्तै शुक्रबार नै भएको दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले आर्शिबाद पेन्ट्स पाल्पा योद्याजलाई १९ रनले जितेको छ । टस हारेर ब्याटिंङ गरेको पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले १९.१ ओभरमा सबै बिकेट गुमाएर १०६ रन बनाउन सक्यो । ओपनिंग ब्याटिंग गरेका कप्तान सौरभ खनालले अन्तिम बिकेटको रुपमा आउट हुनु अघि ४८ रनको इनिंङ खेले जुन क्रममा उनले ५६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । समसुद्दिन अन्सारीले १३ रन र आकाश थापाले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाल्पा योद्दाजका बलर सिद्धान्तराज शाहीले सर्वाधिक ३ बिकेट लिए भने विजय चौधरी र दिपेन्द्र रावतले २/२ बिकेट लिए । सिद्धान्तले ४ ओभरमा १ मेडन ओभर सहित मात्र १९ रन खर्चिए । पाल्पालाई सस्तोमै समेट्न रोल्पाका बलर बिनोद लामाले ३ विकेट हात पारे जुन क्रममा ३.१ ओभरमा १३ रन मात्रै खर्चिए । नन्दन यादब र बसन्त कार्कीले समान २/२ विकेट लिए । पाल्पा योद्याजका ब्याट्सम्यान प्रकाश केसीले सर्वा्धिक २० रन, प्रनित थापाले १५, भिम धमलाले १३ रन तथा रित गौतमले ११ रन योगदान दिए । रोल्पा गोरिल्लाजले पहिले ब्याटिङ गर्दै दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा पाल्पा योद्दाजले १६.१ ओभरमा सबै बिकेट गुमाउँदै ८८ रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच रोल्पा गोरिल्लाजका बिनोद लामा घोषित भए । यसैबीच शनिबार पहिलो खेल एबरोल टीएमटी लुम्बिनी यात्रीज र आर्शिवाद पेन्ट्स पाल्पा योद्याज तथा दोस्रो खेल जिसान बाँके ब्लास्टर र एन आईसि एसिया दंगाली गोर्खाजबीच हुनेछ ।

Womui
Womui