अशोककुमार यादवले फुटाए राजपा

119

काठमाडौं, वैशाख ७ । उपाध्यक्ष अशोककुमार यादवले राष्ट्रिय जनता पार्टी नेपाल फुटाएका छन् । राजपाबाट फुटेको पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) राखिएको छ ।

????????????????????????????????????

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यादवले राजपा (लोकतान्त्रिक) नामक नयाँ पार्टी घोषणा गरेका हुन् । उक्त पार्टीको महाधिवेसन नहुँदासम्मका लागि ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको यादवले जनाए । तदर्थ समितिको संयोजकमा यादव, सह–संयोजकमा रितेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव, केन्द्रीय तदर्थ समिति सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डितको नाम घोषणा गरिएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै यादवले राष्ट्रियतामाथि खतरा देखेकोले पार्टी फुटाएको दावी गरे । उनले नयाँ पार्टीको मुख्य एजेण्डा राष्ट्रियतासहितको लोकतन्त्र र समाजवाद रहेको बताए ।

Womui
Womui